

-
बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न लामो समय कुर्नुपर्ने कानुनी व्यवस्था संशोधन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने सिफारिस गरेको हो। अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएका कानुनी अवरोध हटाइने सरकारको भनाइ छ।
-
मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई
काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाल ढकालले जितेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिस सुब्बाले जितेकी छन् ।
-
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बांगाबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो ।
-
कांग्रेस महाधिवेशन: आज उम्मेदवारको मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारी दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ। निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि ४ः३० बजेदेखि ५ः३० बजेसम्म दाबी–विरोधको समय राखिएको छ भने…
-
विश्वकप क्रिकेट लिग- २ः नेपाली टोलीको घोषणा
काठमाडौं । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट संघ ९क्यान०ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । उक्त शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको…
